Loading

कर्णाली राजमार्ग अवरुद्ध: यात्रा नगर्न र कालोबजारी नगर्न प्रशासनको अनुराेध

कर्णाली राजमार्ग अवरुद्ध: यात्रा नगर्न र कालोबजारी नगर्न प्रशासनको अनुराेध

कालीकोट,भाद्र २२ गते । अविरल वर्षाका कारण कालीकोट जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले आज (भदौ २२ गते) अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गर्दै शुभकालिका गाउँपालिकास्थित गगने खोला र खाँडाचक्र नगरपालिका वडा नं. ७ र ८ मा पर्ने कालीकोट–जुम्ला सडकखण्डमा ठूलो पहिरो जानुका साथै सडकको बेस भाग नै भत्किएकाले राजमार्ग ठप्प भएको जनाएको छ।

अवरुद्ध सडक खण्डहरूमा मर्मत तथा पहिरो पन्छाउने कार्य निरन्तर चलिरहेको भए पनि प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण थप पहिरो जाने जोखिम उच्च रहेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र मौसम सुधार नहुन्जेल सुरक्षित स्थानमा बस्न सर्वसाधारणमा अपिल गरेको छ।

यसैगरी, बाटोमा अलपत्र परेका यात्रुहरूलाई उचित सहयोग, सद्भाव र सेवा प्रदान गर्न यातायात तथा होटल व्यवसायीहरूलाई अनुरोध गरिएको छ। प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईद्वारा हस्ताक्षरित सूचनामा विषम परिस्थितिको फाइदा उठाएर कालोबजारी वा असहज अवस्था सिर्जना गरे कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएकाे छ।

सडकको ताजा अवस्था र आकस्मिक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय (९८५८३३७७७७), जिल्ला प्रहरी (९८५८३३५५५५) तथा सहायक प्रजिअ (९८५८३२०७५१) को नम्बरमा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार