Loading

दैलेखमा हातहतियारसहित दुई जना पक्राउ: राकम बजार नजिकै खोल्सामा लुकाएको पेस्तोल र गोली बरामद

दैलेखमा हातहतियारसहित दुई जना पक्राउ: राकम बजार नजिकै खोल्सामा लुकाएको पेस्तोल र गोली बरामद

कालीकोट भाद्र २७ गते । दैलेखमा प्रहरीले अटोमेटिक पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। अभद्र व्यवहारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपीको बयानका आधारमा लुकाएर राखिएको हतियार बरामद गरिएको हो।

पक्राउ पर्नेहरूमा दैलेखको आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भुपेन्द्र शाही रहेका छन्।

प्रहरीका अनुसार उनीहरूविरुद्ध गत भदौ २२ गते प्रहरी हवल्दार कृष्णबहादुर रानाको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। अनुसन्धानकै क्रममा हिरासतमा रहेका भुपेन्द्र शाहीले भदौ २६ गते अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा आठबीस नगरपालिका–४ स्थित राकम बजार नजिकैको खोल्सामा हतियार लुकाएर राखेको स्वीकार गरेका थिए।

शाहीको बयानका आधारमा खटिएको प्रहरी टोलीले खोल्सामा लुकाइराखिएको अवस्थामा पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोली बरामद गरेको हो। पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहारका साथै मुलुकी अपराध संहिताअनुसार हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार