Loading

पालिकाको लापरबाहीले निम्तियो विपद्: भवन खन्दा सडक ठप्प, एक घर भत्कियो, अर्काे घर जोगाउदै सुरक्षाकर्मी 

पालिकाको लापरबाहीले निम्तियो विपद्: भवन खन्दा सडक ठप्प, एक घर भत्कियो, अर्काे घर जोगाउदै सुरक्षाकर्मी 

कालीकोट भाद्र २७ गते । खाँडाचक्र नगरपालिकाको चरम लापरबाहीका कारण सदरमुकाम मान्मस्थित सेरापाटामा नियतवश निम्त्याइएको मानवसिर्जित विपद्ले स्थानीय नागरिकको उल्लीबास बनाएको छ। प्राविधिक मापदण्ड र सुरक्षात्मक उपाय बिना नै नगरपालिकाले प्रशासकीय भवन निर्माणका लागि जथाभावी डोजर चलाएर जग खन्दा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध बनेको स्थानीयबासीकाे आराेप छ । पहिराेले केहि नागरिक घरबारविहीन हुने अवस्था पुगेका छन्।

नगरपालिकाको यस गैरजिम्मेवारपूर्ण कदमका कारण स्थानीय लालप्रसाद पोखरेलको घर भत्किएको छ। यस्तै, कर्णप्रसाद चौलागाईंको घर पहिराको उच्च जोखिममा परेपछि शुक्रबार र शनिबार सुरक्षा निकायको सहयोगमा मर्मत तथा रोकथामको कार्य गरिएकाे छ।

मुकाममा

चौलागाईंको घर र भत्किएको बाटो सुरक्षित बनाउन जिल्ला विपद् जोखिम न्यूनीकरण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराई, देवीबक्स गुल्म कालीकोटका गणपति (मेजर) मोतिराम खत्री, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख (डीएसपी) हिमबहादुर खत्री सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर कालीकाेट सहितको टोली मैदानमा खटिएको छ। सुरक्षा निकायको सक्रियतामा अहिले रोकथाम तथा बचाउ कार्य भए पनि पालिकाको गैरजिम्मेवारपन प्रति स्थानीयबासी चरम आक्रोशित बनेका छन्। घरकाे सुरक्षा गर्ने काम भएपनि मुल बजारजाने सडक तथा मानिस हिडढुल गर्ने बाटाे अझै अनिश्चित जस्तै छ ।

नागरिकको जीउधनको रक्षा गर्नुपर्ने स्थानीय सरकार आफैँ विपद्को कारक बनेको र सडक समेत ठप्प पारेर सर्वसाधारणलाई सास्ती दिएको भन्दै नगर नेतृत्वको चौतर्फी आलोचना भइरहेको छ। पहिरोको जोखिम अझै घटिनसकेकाले उक्त खण्डमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन र जोखिमयुक्त घरहरूमा नबस्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार