Loading

सुर्खेतमा प्रहरी कर्मचारीहरूका लागि ‘रक्षात्मक ड्राइभिङ’ प्रशिक्षण सम्पन्न

सुर्खेतमा प्रहरी कर्मचारीहरूका लागि ‘रक्षात्मक ड्राइभिङ’ प्रशिक्षण सम्पन्न

सुर्खेत भाद्र २७ गते । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धिका लागि प्रहरी कर्मचारीहरूलाई लक्षित गरी ‘रक्षात्मक ड्राइभिङ’ (Defensive Driving) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार गणको बहुउद्देश्यीय हलमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले प्रशिक्षण प्रदान गर्नुभएको हो।

प्रशिक्षणका क्रममा गणमा कार्यरत जुनियर प्रहरी अधिकृतदेखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारीहरूलाई सुरक्षित सवारी चालन, सम्भावित जोखिमबाट बच्ने उपाय तथा रक्षात्मक ड्राइभिङका प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा सवारी दुर्घटना न्यूनीकरणका चुनौती र अपनाउनुपर्ने सजगताबारे छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो। सवारी साधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना र उच्च सतर्कता अपनाउन सके दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने निष्कर्ष अन्तरक्रियाले निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार