Loading

जुम्लामा बोलेरो जिप दुर्घटना हुँदा गाडी साहुको मृत्यु, ६ जना घाइते

जुम्लामा बोलेरो जिप दुर्घटना हुँदा गाडी साहुको मृत्यु, ६ जना घाइते

जुम्ला, २२ कार्तिक । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा गाडी साहुको मृत्यु भएको छ भने ६ जना यात्रु घाइते भएका छन्। कनकासुन्दरी गाउँपालिका–१ चौथास्थित नाग्मा–गमगढी ग्रामीण सडकखण्डमा क १ ज ००५४ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट स्थायी ठेगाना भई विगत १६ वर्षदेखि सोही गाउँपालिकामा बस्दै आउनुभएका गाडी साहु ४२ वर्षीय सुरज पुन मगरको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिपमा सवार कुल १६ जनामध्ये अन्य ६ जना सामान्य घाइते भएका छन्।

घाइते हुनेहरूमा सिराहा लहानका ३४ वर्षीय उदय कुमार शाह, जुम्ला पातारासी–३ का २२ वर्षीया तासी लामु, उहाँका ५ वर्षीय छोरा पेमा शेर्पा, सोही ठाउँका २५ वर्षीय खुर्वा लामा तथा मुगुको खत्याड (कार्मारोङ) का ५५ वर्षीय चिकने लामा र ६० वर्षीय गुरु सेन्जम लामा रहनुभएको छ। घाइते सबैको अवस्था सामान्य रहेको र घटनालगत्तै प्रहरी चौकी चौथाबाट खटिएको टोलीले उद्धार कार्य गरेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी निर्देश बरालले जानकारी दिनुभएको छ। दुर्घटनाग्रस्त जिप मुगु कार्मारोङ–९ का ४१ वर्षीय चालक प्रेमसिंह बढुवालले चलाइरहनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार