Loading

दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक महिलाको हत्या, तीन जना गम्भीर घाइते

दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक महिलाको हत्या, तीन जना गम्भीर घाइते

दैलेख २२ कार्तिक। दैलेखको ठाटीकाँध गाउँपालिका–४, धन्कोटमा धारिलो हतियार (हँसिया) प्रहार गरी एक महिलाको हत्या गरिएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। स्थानीय बजिर रावलले अन्धाधुन्ध हँसिया प्रहार गर्दा अन्दाजी ४५–५० वर्षीया बबी पुनको घटनास्थलमै ज्यान गएको हो।

आक्रमणमा परी अन्दाजी ३५ वर्षीया मैसरा पुनको एउटा हात काटिएर गम्भीर चोट लागेको छ भने अर्को हातसमेत क्षतविक्षत भएको छ। घटनामा मृतककी अन्दाजी १५–१७ वर्षीया छोरी तिला पुनसहित तीन जना गम्भीर घाइते भएका छन्। आक्रमणको कारण खुल्न नसके पनि घटनालगत्तै स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले आक्रमणकारी अन्दाजी ३५–३७ वर्षीय बजिर रावललाई नियन्त्रणमा लिएको छ।

घटनास्थलमा गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयस्तरमा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत तत्काल कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ। मृतक पुनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल पठाउने तयारी भइरहेको छ। घटना के कारणले घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार