यसैगरी प्रतियोगिताअन्तर्गत फुटबलतर्फ पञ्चदेव फुटबल क्लबले सर्वोत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। फाइनलमा पञ्चदेवसँग पराजित बनेको भेट्रान्स राइड्स दोस्रो स्थानमा समेटियो। फुटबलतर्फको विजेता पञ्चदेव क्लबले नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता भेट्रान्स राइड्सले नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।