Loading

दैलेखमा जेसीबी बोकेको टेलर दुर्घटना: दुई सवारी साधनमा क्षति, एक जनाको अवस्था गम्भीर

दैलेखमा जेसीबी बोकेको टेलर दुर्घटना: दुई सवारी साधनमा क्षति, एक जनाको अवस्था गम्भीर

कालीकोट भाद्र २६ गते । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा मध्यपहाडी लोकमार्ग सडक खण्डअन्तर्गत जेसीबी लोड गरेर लैजाँदै गरेको टेलर दुर्घटना भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन् भने दुवै सवारी साधनमा क्षति पुगेको छ।

शुक्रबार बिहान करिब ८:३० बजेको समयमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ स्थित पदमपुर ड्याम नजिक उक्त दुर्घटना भएको हो। जम्बुकाँध बजारबाट दैलेखको बेस्तडातर्फ जेसीबी लोड गरी जाँदै गरेको भे १ क ११९४ नम्बरको टेलरको ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। टेलरसँगै माथि राखिएको जेसीबी माथिल्लो मोडबाट तल्लो बाटोमा खसेको थियो।

दुर्घटनामा परी जेसीबी चालक दैलेखको चामुण्डा बिन्द्रासैनी–४ का २५ वर्षका प्रदीप शाही गम्भीर घाइते भएका छन्। टाउको र हातखुट्टामा गम्भीर चोट लागेका उनलाई तत्काल दुल्लु अस्पताल पुर्‍याई उपचार भइरहेको छ।

यस्तै, टेलरमा सवार चामुण्डा बिन्द्रासैनी–६ का २१ वर्षका खगेन्द्र विष्ट र टेलरका सहचालक/चालक सोही ठाउँका २३ वर्षका गुप्त विष्ट सामान्य घाइते भएका छन्। खुट्टामा चोट लागेका उनीहरू दुवै जनाको जम्बुकाँध बजारस्थित तारा फार्मेसीमा उपचार भइरहेको छ।

घटनालगत्तै स्थानीयले खबर गरेपछि प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार