Loading

कालीकोटमा एलपी ग्यासको चरम अभाव: सिलिन्डर रित्तिएपछि उपभोक्ता मारमा, आज २०० थान ग्यास आइपुग्ने

कालीकोटमा एलपी ग्यासको चरम अभाव: सिलिन्डर रित्तिएपछि उपभोक्ता मारमा, आज २०० थान ग्यास आइपुग्ने

कालीकोट २० भाद्र । कालीकोट जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। लामो समयदेखि नियमित रूपमा ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकाम मान्मसहित आसपासका बजार क्षेत्रमा ग्यासको संकट बढेको हो।

भौगोलिक विकटता, ढुवानीमा हुने कठिनाइ र सडक यातायातका साधनमा मात्र निर्भर आपूर्ति प्रणालीका कारण कालीकोटमा ग्यासको अभाव हुनु नयाँ समस्या भने होइन। तर पछिल्लो समय नियमित आपूर्ति ठप्प हुँदा दैनिक उपभोग्य इन्धनका रूपमा प्रयोग हुने ग्यास नपाएर उपभोक्ताहरू निकै प्रभावित बनेका छन्।

मागको तुलनामा आपूर्ति ज्यादै न्यून भएपछि उपभोक्ताले सहजरूपमा ग्यास पाउन नसकेको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार सदरमुकाम मान्म बजारका साथै नाग्म बजार लगायतका मुख्य व्यापारिक केन्द्रहरूमा समेत ग्यासको उस्तै समस्या देखिएको छ।

यसैबीच, बजारमा बढ्दै गएको ग्यास संकटलाई मध्यनजर गर्दै तत्कालको समस्या समाधानका लागि आज २०० थान ग्यास सिलिन्डर कालीकोट पुग्दै छ। सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार उपभोक्ताको सास्तीलाई ध्यानमा राखेर व्यवसायीहरूसँगको समन्वयमा आजै ग्यास आइपुग्ने व्यवस्था मिलाइएको हो। ग्यास आइपुगेपछि बजारमा देखिएको सास्ती केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार