Loading

रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३ हजार ९ सयभन्दा बढी बेपत्ता, उद्धार र राहत तीव्र

रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३ हजार ९ सयभन्दा बढी बेपत्ता, उद्धार र राहत तीव्र

काठमाडौँ  १६ भाद्र । रसुवामा आएको भीषण बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै ठूलो सङ्ख्यामा नागरिकहरू बेपत्ता भएका छन्। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १६ गते बिहान ९:०० बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने विभिन्न स्थानबाट मानव अङ्गहरू समेत फेला परेका छन्। यस्तै, ३ हजार ९ सय १६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणको विवरण अनुसार फेला परेका शव तथा अवशेषहरूमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोर्खामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जना रहेका छन्। यसैगरी चितवनमा विभिन्न मानव अङ्गसहित ३२१ वटा अवशेष फेला परेका छन्। पहिचान खुल्न नसकेका शवहरूलाई २१ वटा अस्पतालमा राखिएको छ भने तिनको विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक पोर्टल udb.nepalpolice.gov.np/disaster र प्राधिकरणको फेसबुक पेजमा राखिएको छ।

बाढीका कारण मानिसहरू बेपत्ता हुने क्रम निकै भयावह रहेको छ। जिल्लागत रूपमा नुवाकोट (DEOC) बाट करिब १५५८ जना र रसुवाबाट ८६५ जना बेपत्ता भएका छन्। यसैगरी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट करिब ६३९ जना कामदार सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै भ्रमणमा गएका १६४ नेपाली समेत रहेका छन्। विपद्का क्रममा खटिएका नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना जवानका साथै भन्सार कार्यालयका १५, अध्यागमनका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।

विपद् लगत्तै प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि २१,०११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका ८,८९६, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ जना रहेका छन्। हालसम्म ११,८१४ जनाको सफलतापूर्वक उद्धार गरिसकिएको छ। नेपाली सेनाको हेलिकप्टरद्वारा ५७३ पटक (आज १२ उडानसहित) हवाई उडान गरी २५३ विदेशी र ३,४४९ नेपालीसहित कुल ३,७०२ जनाको उद्धार गरिएको छ भने काठमाडौँबाट निजी क्षेत्रका हेलिकप्टरमार्फत २९ उडान सम्पन्न भइसकेका छन्। भदौ १४ र १५ गते रसुवा र नुवाकोटमा सशस्त्र प्रहरीद्वारा करिब ५० उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ। बाढीमा घाइते भएका २७९ जनामध्ये १६८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने २,७४० जनालाई सेनाको टोलीले प्रत्यक्ष स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ।

बाढी प्रभावित नागरिकहरूका लागि स्थापित होल्डिङ सेन्टरहरूमा हाल नुवाकोटमा २४६६, काठमाडौँमा २९६, रसुवामा १८३ र धादिङमा २५ जना आश्रित रहेका छन्। उनीहरूका लागि ३७ वटा ट्रक, ३७ वटा बोलेरो र ९ वटा हेलिकप्टर उडानमार्फत निरन्तर खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ। नेपाल सरकारले नगद राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र प्रभावित १५ पालिकाका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ।

विपद्का बाबजुद अत्यावश्यक सेवाहरू पुन: सञ्चालनमा ल्याउने कार्य तीव्र पारिएको छ। बाढीबाट क्षति पुगेका नेपाल टेलिकमका १ियो वटै टावर पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर पुन: सञ्चालन भइसकेका छन्। राहत तथा उद्धार कार्यलाई निरन्तरता दिन प्रभावित क्षेत्रमा ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन पर्याप्त मात्रामा मौज्दात राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार