Loading

डिभिजन वन कार्यालय कालीकोटमा डिभिजनल वन अधिकृत सरुवा: अमर प्रसाद शाह कालीकोट आउने

डिभिजन वन कार्यालय कालीकोटमा डिभिजनल वन अधिकृत सरुवा: अमर प्रसाद शाह कालीकोट आउने

 कालीकोट १६ भाद्र । कर्णाली प्रदेश सरकारले वन सेवातर्फका नवौँ र आठौँ तहका वरिष्ठ अधिकारीहरू एवं डिभिजनल वन अधिकृत (DFO) हरूको व्यापक सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको भदौ १० गतेको निर्णयानुसार प्रदेशका विभिन्न जिल्स्थित डिभिजन वन कार्यालय तथा मन्त्रालयमा कार्यरत प्रमुखहरूको जिम्मेवारी फेरबदल गरिएको हो

यस निर्णयसँगै डिभिजन वन कार्यालय कालीकोटले पनि नयाँ कार्यालय प्रमुख पाउने भएको छ। डिभिजन वन कार्यालय दैलेखमा कार्यरत नवौँ तहका डिभिजनल वन अधिकृत अमर प्रसाद शाहलाई डिभिजन वन कार्यालय कालीकोटको प्रमुखका रूपमा सरुवा गरिएको छ

यसै गरी, मन्त्रालयको निर्णयानुसार डिभिजन वन कार्यालय मुगुका प्रमुख दिनेशजङ्ग खत्रीलाई डिभिजन वन कार्यालय दैलेख सरुवा गरिएको छ भने डिभिजन वन कार्यालय डोल्पाका प्रमुख जितेन्द्र महत र रुकुम पश्चिमका प्रमुख बसन्तबाबु श्रेष्ठलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै सल्यानका डिभिजनल वन अधिकृत टेक बहादुर रावललाई मन्त्रालयमा तानेर मन्त्रालयमा कार्यरत रमेश कुमार गिरीलाई डिभिजन वन कार्यालय सल्यान पठाइएको छ

यसै गरी मन्त्रालयमा कार्यरत गणेश त्रिपाठीलाई डिभिजन वन कार्यालय डोल्पा र आठौँ तहका वरिष्ठ वन अधिकृत शेर बहादुर परियारलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमको प्रमुख बनाएर पठाइएको छ

प्रदेशका डिभिजन वन कार्यालयहरूको वन संरक्षण, जैविक विविधता, पर्यटन विकास तथा वातावरणीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यो सरुवा गरिएको बताइएको छ। कालीकोटमा नयाँ डिभिजनल वन अधिकृतको आगमनसँगै जिल्लाको वन तथा वातावरण संरक्षण क्षेत्रका कामहरूले थप गति लिने अपेक्षा गरिएको छ।

सम्बन्धित डकुमेन्ट पढ्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार