Loading

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक आह्वान, उद्धार र राहतमा जुट्न निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक आह्वान, उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौँ १३ भाद्र । रसुवामा आज बिहान आएको भीषण बाढी र त्यसले पुर्‍याएको क्षतिको समीक्षा गर्न सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आपत्कालीन बैठक बोलाउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न उक्त बैठकमा भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा बाढीले पुर्‍याएको हालसम्मको क्षति, उद्धारको अवस्था र वस्तुस्थितिबारे सम्बन्धित निकायहरूले विस्तृत ब्रिफिङ गरेका थिए।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यलाई पहिलो प्राथमिकतामा राखेर तीव्र रूपमा अघि बढाउन सरोकारवाला सबै निकायलाई कडा निर्देशन दिनुभएको छ।

यस कठिन एवं विपद्को क्षणमा सम्पूर्ण राष्ट्रिय शक्ति, सुरक्षा निकाय, जनप्रतिनिधि तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रका प्रभावितहरूको उद्धार र राहत कार्यमा सक्रियताका साथ खटिनसमेत सम्माननीय प्रधानमन्त्रीज्यूले अपिल गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार