काठमाडौँ ११ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न आपत्कालीन परिस्थितिमा खोज, उद्धार तथा राहत कार्यलाई दु्रत र प्रभावकारी बनाउन सरकारले १२ वटा विषयगत परिचालन टोली (Mobilization Teams) गठन गरेको छ।
आपत्कालीन उद्धार तथा क्षति न्यूनीकरणका लागि सञ्चार, विद्युत्, स्वास्थ्य, राहत तथा सडक पूर्वाधार पुनः सञ्चालन गर्न सरकारले सम्बन्धित मन्त्रालयका सहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको नेतृत्वमा टोलीहरू खटाएको हो।
गठित टोलीहरू मध्ये सञ्चार पुन:स्थापना टोलीको नेतृत्व सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीले गरेका छन् भने विद्युत् पुन:स्थापनातर्फ ऊर्जा मन्त्रालयका सहसचिव मोहन शाक्यलाई खटाइएको छ। यस्तै, खोज तथा उद्धार टोलीमा नेपाली सेनाका रन्जित थापा, स्वास्थ्यतर्फ डा. हेमन्तचन्द्र ओझा र मृत शरीर व्यवस्थापन टोलीको जिम्मेवारी डा. समिर अधिकारीलाई दिइएको छ। अन्तर्राष्ट्रिय सहायता तथा दातृ निकाय समन्वय टोलीको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले सम्हालेका छन्।
त्यसैगरी, सडक पूर्वाधार पुनः सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलिप भण्डारी, द्रुत क्षति तथा आवश्यकता आकलनमा राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारी र बेपत्ता व्यक्ति तथा परिवार सहायता टोलीमा गृह मन्त्रालयका लोकेन्द्र अधिकारीलाई नेतृत्व तोकिएको छ। राहत सामग्री आपूर्तिको जिम्मेवारी गृह मन्त्रालयका डिएसपी पुरुषोत्तम भण्डारी, विमानस्थल समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक मुकेश डंगोल र तथ्याङ्क सार्वजनिक गर्ने टोलीमा गृह मन्त्रालयका फनिन्द्र पौडेललाई खटाइएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत वितरण, पूर्वाधार पुन निर्माण र उद्धार कार्यलाई थप चुस्त बनाउन यी टोलीहरूलाई तत्काल कार्यक्षेत्रमा परिचालन भई सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्न निर्देशन दिइएको छ।
परिचालन टोलीहरू (Mobilization Teams) को विस्तृत विवरण:

