Loading

भोटेकोशी बाढी: रसुवाका जलविद्युत् आयोजना र स्वास्थ्य चौकीमा कार्यरत कालीकोटका ६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी: रसुवाका जलविद्युत् आयोजना र स्वास्थ्य चौकीमा कार्यरत कालीकोटका ६ जना सम्पर्कविहीन

कालीकोट ११ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्यहाँ कार्यरत कालीकोटका ६ जना नागरिक सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार सम्पर्कविहीन हुनेहरूमा नरहरिनाथ गाउँपालिका–१ सोतरगाउँका अनिपाल विष्ट र धीरेन्द्र विष्ट रहेका छन्। यसैगरी खाँडाचक्र नगरपालिका–९ माइतीघर भई वडा नं. ५ निवासी तथा रसुवाको टिमुरे स्वास्थ्य चौकीमा कार्यरत अनमी सरिता मल्ल, उनका ३ महिनाका छोरा काव्यांश शाही र उनकी नन्द दुर्गा शाहीसमेत बाढीपछि सम्पर्क बाहिर रहेका छन्। यस्तै पलाँता गाउँपालिकाका लक्ष्मण परियार पनि सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनु भयाे।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार बेपत्ता भएका व्यक्तिहरूका परिवारबाट मौखिक खबर प्राप्त भएको र सोबारे थप यकिन तथ्य बुझ्ने क्रम जारी रहेको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको स्थिति पत्ता लगाउन र खोज उद्धारलाई तीव्र पार्न रसुवाको जिल्ला प्रहरी प्रशासन, सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा जलविद्युत् आयोजना कम्पनीहरूसँग निरन्तर समन्वय र पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार