Loading

 कर्णाली मन्त्रिपरिषद्ले पायो पूर्णता: अन्तिम समयमा विन्दमान विष्टको नाम हटाइयो

 कर्णाली मन्त्रिपरिषद्ले पायो पूर्णता: अन्तिम समयमा विन्दमान विष्टको नाम हटाइयो

सुर्खेत ११ भाद्र । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको सत्ता सहकार्यमा बनेको कर्णाली प्रदेश सरकारमा तीन जना महिला सांसद मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

बिहीबार भएको नयाँ नियुक्ति अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका तीनै जना महिला सांसदहरूलाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो। नयाँ मन्त्रीहरूमा मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कल्याणी खड्काले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जुम्कित लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यसअघि केही मन्त्रालयहरू लामो समयदेखि मन्त्रीविहीन रहँदा सरकारले पूर्णता पाउन नसकेको भन्दै चौतर्फी छलफल र बहस हुँदै आएको थियो। मन्त्री नियुक्ति र विभागीय जिम्मेवारी बाँडफाँट भएसँगै कर्णाली प्रदेश सरकारका सबै मन्त्रालयले नेतृत्व पाएका छन्।

यसैबिच, मन्त्री चयनको अन्तिम चरणमा महत्त्वपूर्ण हेरफेर समेत भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि यसअघि विन्दमान विष्टको नाम समावेश गरी अन्तिम तयारी गरिए पनि अन्तिम समयमा आएर उनको नाम हटाइएको थियो। विष्टको स्थानमा मिलन खड्कालाई सो मन्त्रालयको जिम्मेवारी दिएर मन्त्रिपरिषद्लाई पूर्णता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार