कालीकोट ११ भाद्र । कालीकोटको नरहरिनाथ गाउँपालिकामा सडक माथिबाट खसेको पहिरोमा परी एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी हिम बहादुर खत्रीका अनुसार मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५ रुक्सा निवासी अन्दाजी ४५ वर्षीय दुर्ग बहादुर सहकारी रहेका छन्।
हिजाे बिहान स्थानीय घट्टमा पिठो पिसेर घर फर्किने क्रममा कालेखोला नजिकै सडकभन्दा माथिबाट अचानक खसेको ढुङ्गा र माटोसहितको पहिरोमा परी उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप विवरण संकलन भइरहेको र प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।