मान्म ६ भाद्र। आन्तरिक राजस्व कार्यालय जुम्लाको समन्वय, उद्योग वाणिज्य सङ्घ कालीकोटको आयोजना र हिमचुली कृषि सहकारी संस्थाको सहकार्यमा सदरमुकाम मान्ममा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। हिमचुलीको सभाहलमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षता तथा संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र आचार्यको आतिथ्यतामा कार्यक्रम भएको हो।