Loading

देशका अधिकांश साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

देशका अधिकांश साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २९ साउन । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाले आज (२०८३ साउन २९ गते) देशका अधिकांश जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

प्रमुख नदीहरूको अवस्था र ३ दिने पूर्वानुमान:

आज (साउन २९): कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहितका प्रमुख ठूला नदीहरू र तिनका सहायक नदीहरूमा जलसतह सामान्य तथा केही स्थानमा उल्लेख्य बढ्ने अनुमान छ।

भोलि र पर्सी (साउन ३० र ३१): गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका प्रायः सबै मुख्य जलाधार क्षेत्रमा नदीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ।

सरोकारवाला तथा सर्वसाधारणका लागि परामर्श:

पहेंलो चेतावनी (सतर्क रहनुहोस्): नदी तटीय तथा होचा भू-भागका बासिन्दालाई सतर्क रहन र अद्यावधिक सूचना प्राप्त गरिरहन अनुरोध गरिएको छ।

पूर्वसूचना प्रणाली: बाढी सम्बन्धी अद्यावधिक जानकारी र मौसम सम्बन्धी पूर्वसूचना लिनका लागि टोल-फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।

डिजिटल सेवा: नदीको हालको जलसतह (River Watch) र वर्षाको स्थिति (Rainfall Watch) बारे जानकारी लिन जलविज्ञान केन्द्रको आधिकारिक वेबसाइट hydrology.gov.np वा सामाजिक सञ्जाल ‘Nepal Flood Alert’ मार्फत जानकारी लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार