Loading

रोल्पाको थबाङमा भीषण पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, ३ बेपत्ता

रोल्पाको थबाङमा भीषण पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, ३ बेपत्ता

रोल्पा, २८ साउन । अविरल वर्षासँगै आएको पहिरोले रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ। यस्तै, ३ जना अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार गएराति परेको लगातारको वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा मानवीय क्षति भएको हो। पहिरोले बस्ती नै प्रभावित बनेपछि सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको छ।

रोल्पामै फेला परेका मृतकहरूमा थबाङ गाउँपालिका–५ निवासी वर्ष १८ की शान्ती पुन मगर, वर्ष ६० का कमलबहादुर पुन मगर, वर्ष ८० की मनखना पुन मगर, वर्ष ७५ का दलबहादुर पुन मगर तथा वर्ष ८५ की हस्तकला रोका मगर रहेका छन्।

त्यसैगरी, पहिरोमा बगेर प्युठान क्षेत्रमा फेला परेका मृतकहरूमा थबाङ–५ का वर्ष ७ का अशोक पुन मगर, वर्ष ३४ का महेन्द्र घर्ती, वर्ष ६६ की मनि पुन मगर, वर्ष ३४ की विष्णु पुन भनिने जुनकुमारी पुन मगर तथा वर्ष ८० का बलबहादुर पुन मगर रहेका छन्।

पहिरोमा घाइते हुनेहरूमा वर्ष २२ का हिमाल पुन मगर र वर्ष २५ का संजय घर्ती मगर रहेका छन्। उनीहरूको अवस्था बुझ्न तथा उपचारका लागि बुटवल पठाइएको बताइएको छ।

यस्तै, पहिरोमा परेर वर्ष ९ का अशिम पुन मगर, वर्ष ८० का अजम्बर पुन मगर तथा वर्ष ७२ का लिलबहादुर पुन मगर बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा अन्य सरोकारवाला निकायको सहयोगमा तीव्र रूपमा भइरहेको छ।

अविरल वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ। प्रभावित क्षेत्रमा थप क्षतिको जोखिम रहेकाले आवश्यक सुरक्षा अपनाउन र सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार