सुर्खेत, २८ साउन । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त सहकार्यमा मानसिक स्वास्थ्य संरक्षण तथा मनोसामाजिक परामर्श सम्बन्धी दोस्रो चरणको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
“मानसिक स्वास्थ्य संरक्षण तथा मनोसामाजिक परामर्श कार्ययोजना २०८३” मा आधारित रहेर आयोजना गरिएको उक्त अनुशिक्षण कार्यक्रमको समुद्घाटन कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष सिंह राठौरको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रहरी कर्मचारीहरूमा बढ्दो मानसिक तनाव व्यवस्थापन र कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले प्रहरी र स्थानीय तहबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।