Loading

जुवातास खेलिरहेका १२ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका १२ जना जुवाडे पक्राउ

कालीकोट–जिल्ला प्रहरी कार्यालय कालीकोट जिल्लाका दुई स्थानबाट जुवातास खेलीरहेका १२ जना जुवाडे पक्राउ गरेको छ । शुक्रबार खाँडाचक्र नगरपालिका १ पुरानो बसपार्कबाट खाँडाचक्र १ बस्ने प्रदिप शाही, नितेश थापा, खाँडाचक्र नगरपालिका २ बस्ने धनराज पाण्डे बसन्त खड्का, तपेन्द्र पाण्डे र शुभकालीका ३ बस्ने खगेन्द्र प्रसाद धिताललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २५ हजार १ सय २५ रुपैया समेत बरामत गरिएको छ ।
त्यस्तै शनिबार खाँडाचक्र नगरपालिका ३ ताडीबाट जुवातास खेलिरहेकै अवस्थामा जग्ग पाण्डे, बलप्रसाद पाण्डे, कुस्मराज पाण्डे,धनराज पाण्डे, धनकृष्ण पाण्डे र शुभकालीका ४ का खडानन्द चौलागाईलाई पक्राउ गरेको छ । निजको साथबाट ३४ हजार १ सय ४० रुपैया बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताउनु भयो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा पहिलो पटक जुवातास खेल्ले वा खेलाउनेलाई तीन महिना सम्म कैद वा ३० हजार रुपैया सम्म जरिवाना हुने ब्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय कालीकोटले चाडपर्वलाइ मर्यादित बनाउन जानकारी मुलक सूचनाको समेत प्रचार प्रसार गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार