कालीकोट– शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउन उदेश्यले सदरमुकाम मान्ममा बृहत शैक्षिक गोष्ठी आयोजना गरिएको छ ।
जिल्ला शिक्षा समितिको आयोजना, विभिन्न गैह् सरकारी संस्थाहरुको सहयोग, जिल्लाका ९ वटै पालिका र शिक्षा सरोकारवालाहरुको सहभागितामा सदरमुकाम मान्ममा शुक्रवार गोष्ठीको आयोजना गरिएको हो ।
जिल्ला शिक्षा समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीको अध्यक्षता, संविधान सभा सदस्य तुलराज विष्टको प्रमुख आतिथ्यतामा शैक्षिक गोष्ठी गरिएको छ ।
गोष्ठीमा शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, कलामार्फत रचनात्मक शिक्षा र मूल्याङ्कनका विषयमा छलफल भएको बताइएको छ । विद्यालय शिक्षा क्षेत्रको प्राथमिकतासँग जोडिएर भएको छलफलमा नेपालको शिक्षा नीति र २१ औं शताब्दीको विद्यालयमा शिक्षाका आवश्यकता प्रणालीका बारेमा बहस भएको छ ।