Loading

क्यान महासंघ कर्णाली प्रदेशको साधारण सभा सम्पन्न

क्यान महासंघ कर्णाली प्रदेशको साधारण सभा सम्पन्न

सुर्खेत- कम्प्युटर एसाेसिएसन नेपाल  महासंघ क्यान कर्णाली प्रदेशको साताैं बार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यान महासंघका प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्द्रकाे अध्यक्षता, क्यान महासंघका केन्द्रीय काेषाअध्यक्ष नवीन जाेशीकाे प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य दाेय रामकिशाेर रावल र मनिराज पाण्डेकाे आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हाे । साधारण सभामा प्रदेश अध्यक्ष चन्दले बार्षिक प्रगति प्रतिनिधि प्रस्तुत गर्नु भएको थियोे । प्रदेश सचिव तिलक प्रसाद आचार्यले संस्थागत प्रगति प्रतिवेदन र काेषाध्यक्ष रविन्द्र रेग्मीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियोे । कार्यक्रमकाे संचालन प्रदेश सहसचिव प्रर्वाष साक्यले गर्नु भएको थियोे । कर्णाली संचार सूचना र प्रविधिका हिसावले उर्वर भुमि भएकोले यसक्षेत्रकाे विकासका लागि सरकार संगकाे सहकार्यमा दैनिक जनताका कामकाज संग सम्बन्धित कार्य गर्ने सहज हुने गरि क्यान महासंघ हातेमालो गर्न तयार रहेको महासंघका केन्द्रीय काेषाध्यक्ष जाेशीले बताउनु भयाे । महासंघले लामाे समयदेखि संचार सूचना र प्रविधिका क्षेत्रमा काम गर्दै आईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार