Loading

भिजेको चामल ढुवानीकर्ताले फिर्ता लिने

भिजेको चामल ढुवानीकर्ताले फिर्ता लिने

हुम्ला- हुल्ला जिल्लाको नाम्खा गाउँपालिकाका वडा ५ मा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिडेट मार्फत ढुवानीकर्ताल वितरण गरेको चामल डल्ला परेको पाइएको छ । स्थानीयले लगेको चामल ढल्ला परेको भेटिएपछि स्थानीय सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको थिए । यस्तो चामल कसरी  वितरण गरिएको हो ? यस सम्बन्धमा के भएको हो भन्ने बिषयमा हामीले खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिडेटका सूचना अधिकारी सर्मिला न्यौपाने, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिडेट थापाथली बाग्मती प्रादेशीक कार्यालका ज्ञानु थापा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिडेट हुल्लाका विपिन आर्चाय संग हामीले सोधपुछ गरेको छौ । उहाँहरुले कार्यालयको कुनै दोस नभएको बताउनु भयो ।

चामल ढुवानी कर्ता पासाङ्ग सेर्पाले वडा नं. ५ का लागि ४ हजार क्युटल चामल ढुवानी गर्ने क्रममा हिल्सामा लगातार २ दिन पानी आउदा भिजेका बताउनु भयो । भिजेर ढल्ला परेको चामल ढुवानीकर्ताले फिर्ता लिने गरि छलफल भइरहेको नाम्खा गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष पाल्जोर लामाले बताउनु भयो । सरकारले हुम्लामा पनि २ हजार ३ सय ७५ रुपैयामा २५ केजी चामल वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार