Loading

श्रीमती बेहोस, श्रीमान बेपत्ता, लुटेरा फ्राहर

श्रीमती बेहोस, श्रीमान बेपत्ता, लुटेरा फ्राहर

कैलाली— भारतबाट काम गरेर कालीकोट घर तिर फर्किदै गरेका खाँडाचक्र नगरपालिका ३ का मनप्रापद पाण्डे कैलालीको गोदावरी ६ बाट बेपत्ता भएका छन् । मनप्रसाद पाण्डे की श्रीमती बर्ष ४६ की पदमकला पाण्डेलाई प्रहरीले बेहोस अवस्थामा फेलापारी उपचार गरिरहेको जनाएको छ ।
चैत्र १८ गते भारतको हरिद्धार बाट बाँकेको कोहलपुर घर बताउने दुई जना महिला उनीहरु संगै आएका थिए । रातो कुर्ता सुरुवाल अन्दाजी बर्ष २५ की एक जना र रातो कुर्ता सुरुवाल टोपी लगाएकी अन्दाजी बर्ष ३२ की अर्की महिलाले बाटोमा पाण्डे दम्पतीलाई जुस खुवाएर बेहोस् पारेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक भरत बहादुर चौधरीले बताउनु भयो । बेपत्ता मनप्रसाद पाण्डेको प्रहरीेले खोजी गरिरहेको जनाएकाे छ । पदमकला पाण्डेको उपचारपछि होस् खुलेको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लुटेरा महिलाले पदमकलाको साथबाट एक तोला सुनको सिक्री र कानमा लगाएको रिङ लुटेर भागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार