Loading

गाउँपालिका कर्मचारीमा आफन्त नियुक्तीकाे आराेप

गाउँपालिका कर्मचारीमा आफन्त नियुक्तीकाे आराेप

पुर्णसिह बम , बाजुराः  गाउँपालिका अध्यक्षले  गाउँपालिका भित्रका कार्यालयहरुमा निमित्त प्रमुख प्रशासकिय अधिकृत देखि कार्यालय सहयोगी सम्म नातेदार नियुक्त गरेको पाइएको छ । गाउँपालिका अध्यक्ष कालि बाहादुर शाहीले इन्जिनियरमा छोरा,स्टाफ नर्समा छोरी,आईटीइन्जीनियरमा भतिजि,लेखापालमा साडुभाई,रोजगार संयोजकमा मित छोरा,स्टोर प्रमुखमा अर्का मित छोरा,वडा सचिवमा श्रीमती,नाताले भाई पर्नेलाई ओभरसियरको जिम्मेवारी र कार्यालय सहयोगीमा पनि अध्यक्ष शाहीकै नातेदार नियुक्त गरेको जगन्नाथका तीन राजनितिक दलको हस्ताक्षरित संयुक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको कार्यालय र जुनसुकै वडामा पनि पालिका अध्यक्षका नातेरदार नियुक्त गरिएको हुदाँ सेवा प्रवाह स्वतन्त्र र निष्पक्ष नभएको समेत तीन राजनितिक दलले आरोप लगाएका छन । गाउँपालिकाको नातावाद र राजनितिक आस्थाले गर्दा गाउँपालिका भरिका विकास निमार्णका कामहरु अलपत्र अवस्थामा रहेको र सर्वसाधारण स्थानीयले समेत दुःख पाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बुधवार जगन्नाथ गाउँपालिकामा नेपाली काँग्रेस,नेकपा एकिकृत समाजवादी र नेकपा माओवादीले गाउँपालिका समक्ष संयुक्त ज्ञापन पत्र बुझाउदै वडाबाट छनोट भएका योजनाहरु गाउँपालिकाको गाउँसभामा पास नगरि गाउँपालिकाका केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि दिएका योजनाहरुमात्र पास गरेको कोटगोत्रीका स्थानीय तिलक बहादुर बिष्टले बताउनु भयो ।

पालिका भित्रका वडाका जनप्रतिनिध तथा कर्मचारीहरु वडाको कार्यालयमा नगई गाउँपालिका बाट नै सेवा प्रवाह गर्ने गरेको पाइएको हुदाँ त्यसले गर्दा वडाका स्थानीयले दुःख पाउने भएकाले यस भन्दा पछि वडाबाट गरिने कामहरु गाउँपािलकामै गरेको पाइएमा वडाका कर्मचारी र जनप्रतिनिधिहरुलाई कालो मुसो दल्ले समेत तीन राजतिनितिक दलहरुले चेतावनी दिएका छन । यदि पालिकाले विगतका कमीकमजोरीहरु सुधार गर्दै नगएपछि तीन वटै राजनितिक दलहरुले उठाएका मुद्धाहरुको सुनुवाई नभएपछि कायार्लयमा धर्ना गर्ने,स्थानीय सरकारलाई असहयोग अभियान संचालन गर्ने देखि तालबन्दी सम्म गर्ने कदम चाल्ने तीन दलको संयुक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । साे सम्बन्धमा गाउँपालिका अध्यक्ष काली बहादुर शाहीलाइ फाेन मार्फत बुझ्न खाेज्दा फाेन उठाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार