Loading

कैलालीमा क्यान इन्फोटेक प्रर्दशनी मेला सुरु

कैलालीमा क्यान इन्फोटेक प्रर्दशनी मेला सुरु

कालीकोट– कैलालीका क्यान इन्फोटेक मेला २०७९ सोमबार बाट सुरु भएको छ । प्रर्दशनी मेलाको उद्घाटन सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गर्नु भएको छ । कम्प्युटर एशोशियसन महासंघ नेपाल कैलाली शाखाको आयोजनामा हुन लागेको प्रर्दशनी मेला २० गते सम्म चल्ले छ ।

प्रर्दशनी मेलामा प्रविधि संग सम्बन्धीत नविनतम् ज्ञान,सिप र सामाग्रीहरुको प्रर्दशन गरीएको क्यान कैलाली शाखा अध्यक्ष यज्ञराज ओझाले जानकारी दिनु भयो । प्रदर्शनीको यो दोस्रो संस्करण हो । प्रविधिका बिषयमा स्थानीय स्तरमा जानकारी दिने र प्रबिधिको प्रयोगले ल्याएको सहजता बारे छलफल र बहस गर्ने उदेश्यले प्रर्दशनी मेलाको आयोजना गरिएको हो ।

प्रर्दशनी मेलाको अवलोकलन गर्न क्यान महासंघका केन्द्रय अध्यक्ष रन्जीत पोदार, पुर्व अध्यक्ष नवराज कुवर, महासचिव चिरन्जीवी अधिकारी सदस्य रामकिशोर रावल लगायतको टिम कैलाली पुगेको क्यान महासंघका केन्द्रिय उपाध्यक्ष हर्क सेट्टीले बताउनु भयो । प्रर्दशनी मेलाले सुदुरपश्चिमलाई प्रविधि संग जोड्न सहयोग पुग्ने कुवरले बताउनु भयो । सूचना,संचार र प्रविधिको बिस्तार गर्नेक्रममा क्यान महासंघ पुर्व अध्यक्ष कुवर नेपालका धेरै जिल्लाहरुमा पुग्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार