Loading

महाबैकाे कुनीमा राष्ट्रपती रनिङ्ग सिल्ड सुरु

महाबैकाे कुनीमा राष्ट्रपती रनिङ्ग सिल्ड सुरु

कालीकोट–  १३ औं जिल्ला स्तरिय राष्ट्रपती रनिङ्ग सिल्ड आइतबार देखि महाबै गाउँपालिका ६ चन्दादेबी मावि कुनीमा सुरु भएको छ । सिल्डको उद्घाटन कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा संघिय सासंद मानीय महेन्द्र बहादुर शाहीले गर्नु भएको छ ।

रनिङ्ग सिल्ड कार्यक्रमको उद्घाटन शत्रमा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा उर्जा जलस्रोत मन्त्री माननीय मंगल बहादुर शाही कर्णाली प्रदेश सभा सदस्य माननीय दुर्ग बहादुर रावत, उर्मिला बि‍क,  प्रमुख जिल्ला अधिकारी जोरासिह माझी लगायतको सहभागीता रहेको महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बताउनु भयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षतामा सिल्ड सुरु भएको हाे। खेलकुद आजै बाट सुरु हुने बताइएको छ । नौ वटै पालिकाका खेलाडीहरु खेलमैदानमा पुगि सकेका छन्, भलिवल,कराते, छोटो तथा लामो दुरीको दौड लगायतका खेलहरु हुने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार