Loading

गाउँपालिका द्धारा निर्माण गरिएको भवन प्रहरीलाई हस्तान्तरण

गाउँपालिका द्धारा निर्माण गरिएको भवन प्रहरीलाई हस्तान्तरण

कालीकाेट- महाब‌ै गाउँपालिका द्धारा निर्माण गरिएको भवन प्रहरी चाैकी पाद्मगाडलाई हस्तान्तरण गरिएको छ । कालीकाेटका प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी र प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालकाे उपस्थितिमा गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले भवन हस्तान्तरण गर्नु भएको हाे । जनताको शान्ति सुरक्षाका लागि खट्ने प्रहरी बस्नका लागि उचित भवन नभएकोले गाउँकार्यपालिकाकाे निर्णय अनुसार प्रहरी चाैकीका लागि नयाँ भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष सिहले बताउनु भयाे ।

जिल्ला सबै स्थानीय तहमा प्रहरी रहेको र अझै धेरै स्थानमा प्रहरीकाे आफ्नो भवन नभएकोले अन्य स्थानीय तहले पनि प्रहरी चाैकीका लागि जग्गा प्राप्ति र भवन निर्माणमा सहयोग गरिदिन डिएसपी रिमालले अनुराेध गर्नु भयाे । स्थानीय तह संगकाे समन्वयमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न जिल्ला प्रशासन कार्यालय सधैं अघि बढ्ने प्रमुख जिल्ला अधिकारी माझीले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार