Loading

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भर्ता बितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भर्ता बितरण

कालीकोट– तिलागुफा नगरपालिकाको कार्यालयले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भर्ता वितरण गर्न थालेको छ । भौगोलिक बिकटताका कारण बृद्धबृद्धाहरुलाई बैंक सम्म पुगेर सामाजिक सुरक्षा भर्ता लिन असहज भएपछि नगरपालिकाले बैंक संगको समन्वयमा वडामै पुगेर सामाजिक सुरक्षा भर्ता वितरण गर्न थालेको नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो ।

नगरपालिकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैक संगको समन्वयमा पहिलो पटक वडाबाटै सामाजिक सुरक्षा भर्ता वितरण गरेको हो । वडा नं ८ का ८२ बर्षिय सौउरे लोहार र एकल महिला लाल्का लोहारले गाउँमै सामाजिक सुरक्षा भर्ता पाउँदा सरकार गाउँमै पुगेको सुनाउनु भयो । नगरपालिकाले स्थानीय नागरिकको सहजताका लागि अझै जनमुखी कार्यक्रमहरु ल्याउने नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताउनु भयो ।

जनप्रतिनिधि, बैकका कर्मचारी र नगरपालिका कर्मचारी वडामै पुगेर सार्वजनिक सेवा प्रहाव गर्दा सामाजिक दायित्व पुरा गरेको महसुस भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चौलागाईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार