Loading

काेटिलामा बिद्यालय भवन उद्घाटन

काेटिलामा बिद्यालय भवन उद्घाटन

कालीकोट पचालझरना गाउँपालिका ९ कोटीलामा शुक्रवार एक कार्यक्रमका बिच भवनको उद्घाटन गरिएको छ । राष्टपति शैक्षिक सुधार कार्यक्रमको ३६ लाख र कर्णाली प्रदेश सरकारको २० लाख गरि कुल ५६ लाखको लागतमा कालिका आधारभुत बिद्यालयको ७ कोठे पक्कि भवन निर्माण गरिएकोे हो ।


कर्णाली प्रदेशका पुर्ब मुख्यमन्त्री तथा सघिय सासंद महेन्द्र बहादुर शाहीले बिद्यालय भवनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बृर्ख बहादुर शाही, महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिह, पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही, उपाध्यक्ष अल्कीना बम, बिबिसि नेपाली सेवाका प्रतिनिधि नेत्र केसी, लगायतको उपस्थिती रहेको थियो ।

पहिलेको तुलनामा शैक्षिक क्षेत्रमा अहिले सुधार आए पनि अझै थुपैं कुराहरुमा सुधार गर्नु पर्ने सासंद शाहीले बताउनु भयो । पुर्ब मुख्यमन्त्री तथा सघिय सासंद शाहीले कालीका आधारभुत बिद्यालयबाटै प्रारम्भिक शिक्षा लिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार