Loading

महाबै गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बीमा गर्दै

महाबै गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बीमा गर्दै

कालीकोट–महाबै गाउँपालिकाले गाउँपालिका भित्रका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने कार्य सुरु गरेको छ । गाउँपालिकाले आर्थिक बर्षको सुरुवात बाटै नागरिको बीमा कार्य थालनी गरेको हो । बीमा कार्यका लागि गाउँपालिकाले ३५ लाख बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिह भिजनले बताउनु भयो ।

उहाँका अनुसार २ सय ८५ घरपरिवारका नागरिकको बीमा कार्य पुरा भएको छ । अन्य नागरिको बीमा कार्य गर्ने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख नन्दी कुमारी शाहीले बताउनु भयो । गाउँपालिकाले ल्याएको जनमुखि कार्यले आम नागरिकलाइ स्वाथ्य सेवामा राहत पुग्ने अपेक्षा गरिएको छ । कालीकोटमा पहिलो पटक महाबै गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार