Loading

निर्वाचन खर्च विवरण नबुझाउने कालिकोटका एक हजार सात सय २७ जनालाई जरिवाना

निर्वाचन खर्च विवरण नबुझाउने कालिकोटका एक हजार सात सय २७ जनालाई जरिवाना

कालिकोट–स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्च नबुझाउने कालिकोटका १ हजार ७ सय २७ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । स्थानीय तह निर्वाचनमा कालिकोटका १ हजार ८ सय ७५ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका मध्य १ सय २७ जनाले समयमै, र ३१ जनाले बिलम्ब गरी निर्वाचन आयोगलाई खर्च बिवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताउनु भयो ।

स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा उम्मेदवारी दिएका तर निर्वाचन खर्च नबुझाएका ५९ जनालाई आयोगले जनही ३ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । त्यस्तै गाउँपालिकाको वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारभई निर्वाचन खर्च नबुझाएका ९ सय ८४ जनालाई जनही १ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारीभइ निर्वाचन खर्च नबुझाउने २६ जनालाई जनही ४ लाख ५० हजार र नगरपालिकाको वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारभई निर्वाचन खर्च नबुझाएका ६ सय ५८ जनालाई जनही २ लाखका दरले जरिवाना तोकेको छ ।

आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २४ बमोजिम आयोगले निधारण गरेबको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम जरिवाना तोकेको जनाएको छ । निर्वाचन खर्च नबुझाएका तर स्थानीय तह निर्वाचनमा बिजयी भएका उम्मेदवारहरुले ६ महिना भित्र जरिवाना नबुझाएमा पदीय दायित्वमा नरहने निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले बताउनु भयो । निर्वाचनमा पराजित भएकाहरुले पनि ६ महिना भित्र जरिवाना नबुझाए आगामी कुनैपनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार