Loading

बाढी र जलस्रोत व्यवस्थापनमा नयाँ प्रविधि : जलविज्ञान सुदृढ गर्न जुट्यो विज्ञहरूको टोली

बाढी र जलस्रोत व्यवस्थापनमा नयाँ प्रविधि : जलविज्ञान सुदृढ गर्न जुट्यो विज्ञहरूको टोली

काठमाडौँ, १९ कार्तिक। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती, बाढी–पहिरोको जोखिम र जलस्रोतको उचित उपयोगका लागि नेपालको जलविज्ञान सेवालाई आधुनिक तथा प्रविधिमैत्री बनाउन विज्ञहरू एकै ठाउँमा जुटेका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको आयोजनामा आज १९ कात्तिक २०८३ मा “Advancing Hydrological Services: Emerging Challenges, Innovations and Future Direction” विषयक उच्चस्तरीय विशेषज्ञ परामर्श कार्यक्रम सम्पन्न भएको छ।

जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जलविज्ञान, जलस्रोत, इन्जिनियरिङ तथा विपद् व्यवस्थापन क्षेत्रका विशिष्ट विज्ञ, अनुसन्धानकर्ता र नीति–निर्माताहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको विद्यमान जलविज्ञान सेवाको अवस्था, पूर्वानुमान प्रणालीमा देखिएका समस्या, सेन्सर तथा स्याटेलाइटजस्ता नवीनतम प्रविधिको प्रयोग र आगामी दिनमा यसलाई कसरी थप भरपर्दो बनाउने भन्नेबारे गहन मन्थन गरिएको थियो।

विपद्को पूर्वसूचना प्रणालीलाई चुस्त बनाउन र देशको जलस्रोत व्यवस्थापनलाई दिगो बनाउन विज्ञहरूबाट प्राप्त सुझावहरूले ठोस मार्गचित्र तयार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा विज्ञहरूको अनुभव तथा प्राविधिक ज्ञानको आदानप्रदानमार्फत राष्ट्रियस्तरमा जलविज्ञान सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार