Loading

डिआइजी सापकोटाको कडा निर्देशन : ‘फरार कैदी खोज्न कुनै कसर बाँकी नराख्नु, सेवा प्रवाह जनमैत्री बनाउनु’

डिआइजी सापकोटाको कडा निर्देशन : ‘फरार कैदी खोज्न कुनै कसर बाँकी नराख्नु, सेवा प्रवाह जनमैत्री बनाउनु’

दुनै (डोल्पा) १८ कार्तिक । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयराज सापकोटाले जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीहरूको खोजतलास कार्यमा थप सक्रियता र उच्च कडाइका साथ परिचालित हुन प्रहरी जनशक्तिलाई स्पष्ट निर्देशन दिनुभएको छ। म‌गलबार जिल्ला प्रहरी कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षणपछि आयोजित निर्देशन सम्बोधन कार्यक्रममा बोल्दै उहाँले उक्त निर्देशन दिनुभएको हो।

निरीक्षणका क्रममा डिआइजी सापकोटाले हिरासत कक्ष, कार्यालयका सम्पूर्ण प्रशासनिक तथा प्राविधिक शाखाहरू र कार्यालय परिसरको वस्तुस्थिति अवलोकन गर्नुभएको थियो। सो क्रममा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, चुस्त, दुरुस्त एवं प्रभावकारी सेवा प्रवाहमा केन्द्रित हुन, संगठनको व्यावसायिक मर्यादा जोगाउन, कडा अनुशासन कायम राख्न तथा जिम्मेवारीप्रति पूर्ण जवाफदेही बन्न निर्देशन दिनुभयो। कार्यसम्पादनका क्रममा सदैव सजग, चनाखो र संयमित रहँदै उच्च मनोबल, इमानदारी र व्यावसायिक निष्ठाका साथ खटिन उहाँले मातहतका सुरक्षाकर्मीलाई आह्वान गर्नुभयो।

कार्यक्रमकै अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजिबबहादुर बस्नेतले सीएपी (CAP) अवधारणाअन्तर्गत अपराध अनुसन्धान शाखाको विशेष निरीक्षण गर्नुभएको थियो। उहाँले अपराध अनुसन्धानमा कुनै पनि प्राविधिक वा प्रक्रियागत कमजोरी हुन नदिन र सीएपीको मार्गदर्शनबमोजिम त्रुटिरहित ढंगले प्रमाण संकलन तथा अनुसन्धान कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार