Loading

संरक्षणविहीन बालबालिकाको अभिभावकत्व राज्यले लिन्छ : सल्यानमा मन्त्री बादीको प्रतिबद्धता

संरक्षणविहीन बालबालिकाको अभिभावकत्व राज्यले लिन्छ : सल्यानमा मन्त्री बादीको प्रतिबद्धता

सल्यान, १८ कार्तिक । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले संरक्षणविहीन तथा विपन्न बालबालिकाको उचित संरक्षण, शिक्षा र भविष्य निर्माणको सम्पूर्ण अभिभावकत्व राज्यले लिने स्पष्ट पार्नुभएको छ। सल्यान जिल्लाको अनुगमनका क्रममा आज १८ कात्तिक २०८३ मा शारदा नगरपालिका–५, तल्लीमाकैस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा सञ्चालित बाल संरक्षण छात्रावासको स्थलगत निरीक्षण गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

संरक्षणको अभाव झेलिरहेका तथा चरम गरिबीमा परेका परिवारका बालबालिकालाई आवासीय सुविधासहित पालनपोषण र पठनपाठन गराउने उद्देश्यले सञ्चालित छात्रावासको प्रत्यक्ष अवस्था बुझ्न मन्त्री बादी त्यहाँ पुग्नुभएको थियो। अवलोकनका क्रममा उहाँले छात्रावासमा आश्रित बालबालिकाहरूको दैनिक खानपान, बसोबासको प्रबन्ध, शैक्षिक वातावरण, स्वास्थ्य स्थिति तथा उनीहरूले भोग्नुपरेका अभाव र चुनौतीहरूबारे बालबालिका तथा व्यवस्थापकहरूसँग आफैँ कुराकानी गरी यथार्थ बुझ्नुभयो।

बालबालिकाको अधिकार, गुणस्तरीय शिक्षा र सुरक्षित बाल्यकालको सुनिश्चितता गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै मन्त्री बादीले छात्रावास सञ्चालनमा देखिएका आर्थिक तथा भौतिक समस्या समाधान गर्न मन्त्रालयले तत्काल ठोस सहयोग पुर्‍याउने बताउनुभयो। अनुगमनमा सल्यानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। मन्त्री बादीले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई छात्रावासका आधारभूत आवश्यकताहरू समयमै पूरा हुने गरी आवश्यक समन्वय, निगरानी र व्यवस्थापकीय सहजीकरण गर्न निर्देशन दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार