Loading

समसामयिक विषयमा मातहतका कार्यालय प्रमुखहरूलाई प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

समसामयिक विषयमा मातहतका कार्यालय प्रमुखहरूलाई प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ , ११ कार्तिक। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका देशभरिका मातहतका कार्यालय प्रमुखहरूलाई समसामयिक विषय तथा शान्ति सुरक्षाका सन्दर्भमा आवश्यक निर्देशन दिनुभएको छ।

मंगलबार भर्चुअल कन्फरेन्स (Virtual Conference) मार्फत आयोजित विशेष कार्यक्रममा महानिरीक्षक कार्कीले उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू तथा सम्पूर्ण तालिम केन्द्रहरूका प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको हो।

यसैगरी, देशभरिका जिल्ला प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरू, सम्पूर्ण गण तथा गुल्महरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू लगायत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रमुख रहने प्रहरी कार्यालयसम्मका प्रमुखहरूलाई महानिरीक्षक कार्कीले शान्ति सुरक्षा, सेवा प्रवाह र कार्यसम्पादनका विषयमा आवश्यक निर्देशन प्रदान गर्नुभएको छ।

उक्त भर्चुअल कार्यक्रममा नेपाल प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार