Loading

मन्त्री मल्लद्वारा स्वास्थ्य निर्देशनालयको अनुगमन

मन्त्री मल्लद्वारा स्वास्थ्य निर्देशनालयको अनुगमन

सुर्खेत, १० कात्तिक । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले सोमबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। प्रदेशका दुर्गम बस्तीसम्म प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउने र निर्देशनालयको कार्यसम्पादन चुस्त बनाउने उद्देश्यका साथ मन्त्री मल्लले अनुगमन गर्नुभएको हो।

निरीक्षणका क्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले निर्देशनालयमार्फत प्रदेशभर सम्पादन भइरहेका नीतिगत तथा प्रशासनिक काम, जनस्वास्थ्य कार्यक्रमहरू, औषधि आपूर्ति तथा हालसम्मका उपलब्धिहरूबारे विस्तृत विवरण मन्त्रीसमक्ष पेस गर्नुभयो।

कार्यसम्पादन विवरणको समीक्षा गर्दै मन्त्री मल्लले जनताको प्रत्यक्ष जीवनसँग जोडिएको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, भरपर्दो र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दुर्गम जिल्लाहरूमा जनशक्ति र स्रोतसाधनको अभावलगायत काम गर्दा आइपर्ने व्यावहारिक चुनौतीहरू सामना गर्न र मातहतका निकायलाई अभिभावकत्व प्रदान गर्न सामाजिक विकास मन्त्रालय सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार