Loading

साइबर जोखिमको धक्का : राष्ट्र बैंकको वेबसाइट बन्द, वित्तीय क्षेत्रमा उच्च सतर्कता

साइबर जोखिमको धक्का : राष्ट्र बैंकको वेबसाइट बन्द, वित्तीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ, कात्तिक ६ गते। वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि केन्द्रीय बैंकका डिजिटल सेवाहरू प्रभावित बनेका छन्। सम्भावित साइबर आक्रमण र प्राविधिक जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका अनलाइन सेवाहरू अस्थायी रूपमा पूर्ण रूपमा बन्द गरेको छ।

राष्ट्र बैंकले आज शुक्रबार एक जरुरी सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताकै कारण वेबसाइट र सम्बन्धित प्रणालीहरू बन्द गर्नुपरेको स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय, व्यवसायी र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना मागेको छ। वेबसाइट बन्द रहेका बेला बैंकसम्बन्धी अत्यावश्यक सूचना तथा आधिकारिक विवरणहरू राष्ट्र बैंकका आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

विश्वव्यापी रूपमा देखिएको उक्त जोखिमले देशको समग्र बैंकिङ प्रणालीमै असर पार्न सक्ने खतरालाई औँल्याउँदै राष्ट्र बैंकले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। बैंकले सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई तत्काल आफ्ना सर्भरमा रहेका प्रणालीहरू सबलीकरण गर्न, प्राविधिक कमजोरी परीक्षण गर्न र नियमित सुरक्षा निगरानीलाई तीव्र बनाउन कडा अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार