Loading

गोरखा बाढी अपडेट : १० भन्दा बढी घर र झोलुङ्गे पुल बगायो, स्थानीयको भागाभाग

गोरखा बाढी अपडेट : १० भन्दा बढी घर र झोलुङ्गे पुल बगायो, स्थानीयको भागाभाग

गोरखा, असाेज २५ गते । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आइतबार बिहान बुढीगण्डकी नदीमा एक्कासि उर्लिएर आएको भीषण बाढीले तटीय बस्तीहरूमा वितण्डा मच्चाएको छ। बुढीगण्डकीको सहायक स्यार र उग्युलुङ खोला पहिरोले थुनिएर अचानक फुट्दा आएको बाढीले चुमनुव्री–३ का १० भन्दा बढी घर र आवागमन जोड्ने प्रमुख झोलुङ्गे पुल बगाएको छ।

चुमनुव्री–३ का वडाध्यक्ष रामकुमार गुरुङका अनुसार वडाभित्र पर्ने सल्लेरी, पैयुँका र जगत बगर क्षेत्रका घरहरू बाढीले सोहोरेर लगेको हो। आइतबार बिहानै बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दाहरू घरभित्रका अन्नपात र लत्ताकपडासमेत झिक्न नभ्याई ज्यान जोगाउन भागाभाग गर्दै सुरक्षित डाँडातर्फ उक्लिएका थिए। स्थानीय बासिन्दा समयमै भाग्न सफल भएका कारण अहिलेसम्म मानवीय क्षतिको विवरण भने आएको छैन।

बाढीले वडा नम्बर ३ जोड्ने झोलुङ्गे पुल बगाइदिएपछि तल्लो र माथिल्लो भेगबीचको पैदल सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। नदीको सतह अझै पनि तीव्र रूपमा घटबढ भइरहेको र विकट भूगोलका कारण क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ। सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका अन्य बस्तीहरूमा समेत उच्च सतर्कता अपनाउन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार