मान्म (कालीकोट), असोज ५ गते । कालीकोटका कृषकहरूको क्षमता अभिवृद्धि र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/०८४ का लागि लाखौँ रुपैयाँ बराबरका अनुदानमूलक कार्यक्रमहरूको प्रस्ताव आह्वान गरेको छ। कृषि विकास कार्यालय कालीकोटले सूचना जारी गर्दै व्यावसायिक खेती, फलफूल नर्सरी, युवा स्वरोजगार गरिब तथा विपन्न लक्षित विभिन्न कार्यक्रमका लागि ३० दिनभित्र आवेदन दिन आह्वान गरेको हो।