वीरेन्द्रनगर सुर्खेत, असाेज २ गते । राष्ट्रिय शिक्षा दिवस २०८३ का अवसरमा वीरेन्द्रनगर-४ स्थित भैरव माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ। “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ मनाइएको दिवसका अवसरमा विद्यालयसहित विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र लाल सापकोटा, माध्यमिक तहका शिक्षक मणिराम चालिसे तथा ईसीडी (ECD) शिक्षिका तुल्सि शर्मा सम्मानित हुनुभएको छ।
त्यसैगरी एसईई (SEE) २०८२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र अमृत ढुङ्गाना र छात्रा पुस्पाञ्जली गौतमलाई पनि विशेष सम्मान प्रदान गरिएको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्राप्त यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै भैरव मावि परिवारले सम्मानित सम्पूर्ण शिक्षक, विद्यार्थी तथा प्रधानाध्यापकलाई बधाई ज्ञापन गरेको छ।