Loading

मौसम पूर्वानुमान: कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान: कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ  भाद्र ३० गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २०८३ साल भदौ ३० गते मङ्गलवारका लागि देशभरको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ

महाशाखाका अनुसार आज दिउँसो र राति कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिएको छ

दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

यसैगरी आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा मुख्य गरी कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ

भारी वर्षा तथा मेघगर्जन/चट्याङ्गको सम्भावना रहेका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार