Loading

उत्तर कोरिया र रुस जोड्ने पहिलो सडक पुल सञ्चालनमा, सैन्य सामग्री ओसारपसार हुनसक्ने संशय

उत्तर कोरिया र रुस जोड्ने पहिलो सडक पुल सञ्चालनमा, सैन्य सामग्री ओसारपसार हुनसक्ने संशय

काठमाडाै भाद्र २३ गते । उत्तर कोरिया र रुसबीचको सीमा नदी ‘टूमन’ माथि निर्माण गरिएको पहिलो ‘मोटरेबल’ (सवारीसाधन चल्ने) पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। यस पूर्वाधार निर्माणसँगै दुई मुलुकबीच सीधा सडक सम्पर्क जोडिएकाले यात्रु आवतजावत तथा मालसामान ढुवानी सहज हुने अपेक्षा गरिएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार यो पुलले दुई देशबीचको व्यापार प्रवर्द्धन र पर्यटन विस्तारमा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ।

यद्यपि, युक्रेन युद्धका कारण रुस र उत्तर कोरियाबीच सैन्य निकटता बढिरहेका बेला खुलेको यो सडक मार्गलाई लिएर अन्तर्राष्ट्रिय वृत्तमा भने चासो र संशय व्यक्त हुन थालेको छ। केही कूटनीतिक तथा सुरक्षा विश्लेषकहरूले यो पुल संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध छलेर रुसका लागि गुप्त रूपमा सैन्य सामग्री तथा हतियार ढुवानी गर्ने माध्यम बन्न सक्ने आशंका व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार