Loading

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सीको सहभागिताबारे अन्योल कायमै

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सीको सहभागिताबारे अन्योल कायमै

काठमाडौं भदौ,२३  गते। भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको १८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषय अझै अनिश्चित रहेको छ। आगामी सेप्टेम्बर १२ र १३ मा हुने उक्त सम्मेलनमा राष्ट्रपतिको सहभागिताबारे सोधिएको प्रश्नमा चीनले कुनै स्पष्ट जवाफ दिएको छैन।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे तत्काल कुनै जानकारी उपलब्ध नरहेको बताएकी हुन्। सम्मेलनमा चीनको प्रतिनिधित्व कसले गर्ने र बेइजिङको अपेक्षा के छ भन्ने जिज्ञासामा उनले भनिन्, “तपाईंको यस प्रश्नका बारेमा अहिले मसँग साझा गर्नका लागि कुनै जानकारी छैन।”

यद्यपि, चीनले ब्रिक्स सहयोग संयन्त्रलाई सधैँ उच्च महत्त्व दिने स्पष्ट पारेको छ। प्रवक्ता माओले यस वर्ष सम्मेलनको सफल आयोजनाका लागि भारतलाई चीनको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाइन्। राष्ट्रपति सीको भारत भ्रमणबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला चिनियाँ पक्षको यो प्रतिक्रिया आएको हो। बेइजिङले सम्मेलनमा आफ्नो नेतृत्व कसले गर्नेछ भन्ने औपचारिक निर्णय अझै सार्वजनिक गरिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार