Loading

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि ‘रिफ्रेसमेन्ट’ फुटबल प्रतियोगिता सम्पन्न

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि ‘रिफ्रेसमेन्ट’ फुटबल प्रतियोगिता सम्पन्न

सुर्खेत, भाद्र २३ गते। कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर, सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि ‘रिफ्रेसमेन्ट प्रोग्राम’ अन्तर्गत मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

प्रहरी कर्मचारीहरूलाई दैनिक कार्यसम्पादनको तनावबाट मुक्त गराई शारीरिक तथा मानसिक रूपमा ताजगी प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो। गणको फुटबल ग्राउण्डमा भदौ २२ गते दिउँसो ४:३० बजे सञ्चालन गरिएको प्रतियोगिताको अध्यक्षता निमित्त गण प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले गर्नुभएको थियो।

मनोरञ्जनात्मक खेलकुद गतिविधिमार्फत कर्मचारीहरूमा उत्साह भर्ने, आपसी भाइचारा तथा सद्भाव प्रगाढ बनाउने र समग्र कार्यक्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको कर्णाली प्रदेश प्रहरी गणले जनाएको छ। प्रतियोगितामा गणमा कार्यरत प्रहरी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार