Loading

आजको मौसम: देशका विभिन्न भू-भागमा मेघगर्जनसहित वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: देशका विभिन्न भू-भागमा मेघगर्जनसहित वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कालीकाेट भाद्र २३ गते । जल तथा मौसम विज्ञान विभागले आज (२०८३ भदौ २३ गते, मंगलबार) को मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशका धेरैजसो भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

दिउँसोको मौसम अवस्था

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ। देशका तराई भू-भागका केही स्थानहरूमा समेत वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

रातिको मौसम अवस्था

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा/हिमपात हुनेछ।

मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार