Loading

कर्णाली सरकार विस्तार तयारी: नेकपाबाट आजै ३ मन्त्रीले शपथ लिने

कर्णाली सरकार विस्तार तयारी: नेकपाबाट आजै ३ मन्त्रीले शपथ लिने

सुर्खेत ८ भाद्र। कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट आज ३ जना नयाँ मन्त्रीहरू नियुक्त भई पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबिच भएको सहमतिअनुरूप नेकपाको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नयाँ मन्त्रीहरू पठाउन लागिएको हो।

प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान ११ बजे शपथ ग्रहणका लागि समय माग भई आवश्यक तयारी गरिएको भए पनि मन्त्री बन्ने नेताहरूको अन्तिम नामावली भने औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। यद्यपि नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आजै मन्त्रीहरूको नियुक्ति र शपथ हुने पुष्टि गर्नुभएको छ। मन्त्रीका लागि सांसदहरू विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम प्रमुख चर्चामा छ।

यसअघि साउन १३ गते नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएपछि दुई दलबिच मन्त्रालय भागबन्डा र शक्ति सन्तुलनमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। २२ दिन लामो राजनीतिक अन्योलपछि केन्द्र र प्रदेश तहमा भएको सहमतिअनुसार मुख्यमन्त्रीसहित ४ मन्त्रालय नेकपा र ३ मन्त्रालय एमालेले लिने गरी सरकारलाई पूर्णता दिन लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार