Loading

रास्कोटमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

रास्कोटमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

रास्काेट ६ भाद्र । रास्कोट नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। रास्कोट नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजना एवं VDSEF नेपालको सहकार्यमा समीक्षा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा गत आर्थिक वर्षभरि नगरपालिकाभित्र सञ्चालन गरिएका विभिन्न स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रगति विवरण, प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा भोगिएका चुनौती र आगामी वर्षका लागि तय गरिनुपर्ने रणनीति तथा कार्ययोजनाका विषयमा गहन समीक्षा र छलफल भएको छ।

कार्यक्रमका वक्ताहरूले ‘स्वस्थ नागरिक, समृद्ध पालिका’ को अवधारणा साकार पार्न स्वास्थ्य क्षेत्रमा गरिने खर्चलाई साधारण बजेटका रूपमा नभई दीर्घकालीन लगानीका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। नागरिकको स्वास्थ्य सुधारका लागि गरिने प्रत्येक लगानीले समृद्ध पालिका निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने निष्कर्ष निकाल्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार