लोकप्रिय गायिका टीका पुनको जादुमयी र मर्मस्पर्शी स्वरमा सजिएको यस गीतमा विष्ट स्वयम्को शब्द संयोजन तथा मौलिक लय सिर्जना रहेको छ। नेपाली समाजमा तीजको समयमा चेलीबेटीले माइतीघर, आमाबुवा र सङ्गीहरूलाई सम्झेर पोख्ने आत्मीय भाव, खुसी र वेदनाको यथार्थपरक चित्रण गीतमा पोखिएको छ। विकृति र भड्किलोपनतर्फ ढल्किँदै गएको आधुनिक तीज गीतको भीडमा यस गीतले विशुद्ध नेपालीपन र मौलिकताको रक्षा गरेको छ।